त्रिविद्धारा अनलाइन कक्षा सचालना निर्देशिका जारी

१६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । विश्वविद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेत पाएपछि विश्वविद्यालयले आइतबार निर्दे्शिकाको परिपत्र गर्दै आगामी सातादेखि नै अनलाइनका माध्इमबाट कक्षा सञ्चालनको तयारी गर्न विभिन्न संस्थान, संकाय, विभाग, क्याम्पस तथा स्कुलहरुमा पठायो । र, एक साताको समय दिएर बाध्यकारी जस्तै बनाएर अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
विश्वविद्यालयले विद्यार्थीको शैक्षिक क्यालेण्डर बिग्रन सक्ने भन्दै अनलाइनका माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्ने र व्यवहारिक कक्षाका लागि विश्वविद्यालय खुलेलगत्तै गराउने गरी तयारी गरेको छ ।
विश्वविद्यालयले बनाएको निर्देशिकामा केही संकायहरुमा गत चैत १० गतेदेखि सुरु भएको अनलाइन कक्षाको ‘क्रेडिट आवर’ जोडी हाजिरीसमेत राख्ने गरी अगाडि बढाउने बताएको छ । यसअघि अनलाइन कक्षा सञ्चालन नभएको कलेजहरुमा भने आगामी सातादेखि नै कक्षा सञ्चालन गर्ने गरी तयारी भएको छ ।