१८ वैशाख, काठमाडौं । सरकारले आज नेपाल प्रहरीको आईजिपीमा नयाँ पात्रको नियुक्ती गरेको छ । सरकारको नेतृत्व नेपाली काँग्रेसकै छ र प्रधानमन्त्री सभापति देउवा रहेको बेला आज प्रहरीको प्रमुख नियुक्त विषयमा कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।
वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।