गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी र नेकपा एमालेबीच तालमेल

गुल्मी । गुल्मीको एक गाउँपालिकामा भने नेकपा माओवादी र नेकपा एमालेबीच तालमेल भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएको हो । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएसँगै एमाले माओवादीबीच तालमेल भएको हो ।

एमालेका उम्मेदवार कुँवरले उम्मेदवारी फिर्ता लिँदै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गरेका छन् ।

एमालेसँगको तालमेलमा अध्यक्ष पाएको माओवादीले उपाध्यक्षमा एमालेका उम्मेदवार सीता गिरीलाई समर्थन गरेको छ ।

सात्तारुढ गठबन्धनमा आवद्ध माओवादीले एमालेसँग तालमेल गरेपनि धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भने यथावत छ ।

सत्तारुढ गठबन्धनका उम्मेदवारको रुपमा अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीका कमला सुनार प्रतिस्पर्धामा छन् ।

गठबन्धनले केन्द्रीय स्तरबारट बारम्बार गठबन्धन बाहेकका दलहरुसँग तालमेल नगर्नु भनेता पनि धुर्कोटमा माओवादीले एमालेसँग तालमेल गरेको हो ।