वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस

निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको उनले बताए । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी एवम् अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन परिसर तीन दिनसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखि पठाउने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।​