चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५।८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७र७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३।८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

आज थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको विभागले यस्तो वृद्धिदर आधार मूल्यका आधारमा ५।४९ प्रतिशत हुने समेत बताएको छ ।

विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २।३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०।३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५।९ प्रतिशत हुने समेत विभागले जनाएको छ ।

आर्थिक वर्ष सकिन अझैं तीन महिनामात्रै बाँकी नै रहेको अवस्थामा जीडीपीमा प्रभाव पार्ने त्यस्तो कुनै ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएकाले यस्तो प्रक्षेपण सहज रुपमै पुरा हुने देखिएको विभागले जनाएको छ ।