माओवादी केन्द्रका केन्द्रीय नेताहरुले राजधानी काठमाण्डौ छाडे

स्थानीय नियका निर्वाचन बैशाख ३० गतेका मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रका नेताहरुले राजधानी काठमाण्डौ छाडेका छन् । यसै क्रममा माओवादी प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तहको चुनाव प्रचार–प्रसार गर्नका लागि भन्दै काठमाडौं छोडेका छन् । उनले अस्ति मंगलबार काठमाडौं छोडेका हुने भने उनी वैशाख ३० गतेको भोट हालेर मात्रै काठमाडौं फर्किने बताइएको छ ।

महरा विशेषगरी दाङको चुनावी माहोल बनाउन केहीदिन दाङका स्थानीय तहमा हुने चुनावी सभामा सहभागी हुने छन् । दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिकाका चुनावी सभामा महरा सहभागी हुने छन् ।

‘महरा सर दाङका घोराही र तुलसीपुर उपमहानगरका चुनावी सभासहित लमही र सात गाउँपालिकाका चुनावी सभामा सहभागी हुनुहुने छ । त्यसपछि विशेषगरी दाङको आफ्नो निर्वाचन क्षेत्र २ लाई बढी फोकस गरेर खटिए पछि रोल्पा नगरपालिकासहित आवश्यक स्थानीय तहका चुनावी सभामा भाग लिने कार्यक्रम छ ।’

रोल्पामा माओवादीले एकल रुपमा प्रतिस्पर्धा गरेकाले निर्वाचन माहोल बनाउन महराले चुनावी सभालाई पनि सम्बोधन गर्ने भएका छन् ।

स्थानीय चुनाव नजिकिएसँगै माओवादी शीर्ष नेताहरुले काठमाडौं छोडेका छन् । स्थानीय निर्वाचनमा आफ्नो पक्षमा पार्न माओवादी नेताहरु गाउँ–गाउँ छिरेका हुन् । माओवादीले स्थानीय तहको आवश्यकतालाई हेरेर एक स्थानीय तहमा एक केन्द्रीय सदस्य खटाएको छ ।