१४ वैशाख, काठमाडौं । सरकारले जेठदेखि लागू हुनेगरी शनिबार र आइतबार गरी दुईदिन बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने जनाएको हो ।
सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी कर्मचारीतन्त्रमा खुसीयाली नै छाएको छ।
‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यघण्टा नघट्ने गरी सरकारले दिएको विदा हो यो ।
कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।