Breaking News

स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ

१३ वैशाख, काठमाडौं । हिजो देशैभरी स्थानीय चुनाव निर्वाचनको लागि मनोनयन सकिएको छ । स्थानीय निर्वाचनमा सत्ता गठबन्धनहरु तालमेल गरी जाने सहमति गरेपनि धेरै ठाउँमा गठबन्धनका खिलापमा बागी र स्वतन्त्र उम्मेदवार परेपछि नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् ।

सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् ।

‘कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको बताए ।

माओवादी नेता देवप्रसाद गुरुङ