सरकारको सर्वसत्तावादबिरुद्ध तीन दलको एकताबद्ध संघर्ष प्रतिवद्धता

१५ वैशाख, काठमाडौं । सरकारलाई आफ्नै दलभित्र अप्ठेरो र अल्पमतमा परिरहेको बेला तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।
आज सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका छन् ।
सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ । बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।
कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत माग गरेका छन् ।