Breaking News

पोखरा महानगरपालिकाको ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो

कृष्णबहादुर कार्की

१२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गर्न पुगेका उनले भने, ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो ।’

आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।

उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।

धनराज आचार्य

लेखक : कृष्णबहादुर कार्की