Breaking News

सत्तारुढ गठबन्धन बैठकको निर्णय : पाँँच दलीय गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको खरबर सकिएको बैठकले पाँँच दलीय गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेदवार हुने बताए ।