स्थानीय तह निर्वाचनको मनोनयनको आज दोस्रो दिन : अहिलेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको आज दोस्रो दिन अहिलेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो ।

जसमध्ये नगर प्रमुखमा ७६८ जना, गाउँपालिका अध्यक्षमा ६१४ जना, नगरपालिका उपप्रमुखमा ३८३ र उपाध्यक्षमा ३३४ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडाध्यक्षमा चार हजार ४३९ जना, महिला सदस्यमा दुई हजार ५४१, वडा सदस्यमा पाँच हजार ४३० जनले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।