आज बिहान काँडाघारीको सडकमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु

११ वैशाख, काठमाडौं । आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे काँडाघारीको सडकमा रहेकमो बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान सवा ६ बजे मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।