महानगरपालिका प्रमुखको उम्मेदवार प्रकाशमानकी श्रीमती सिर्जना सिंहलाई बनाउने काँग्रेसको निर्णय

सत्ता गठबन्धनको तर्फबाट काठमाण्डौ महानगर पालिकाको भागमा परेपछि नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत भएको बुझिएको छ । तर औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुने बताइएको छ ।’

काँग्रेसले भोलि शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप(मेयरका उम्मेदवार चयन गर्ने छ ।