Breaking News

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने तयारी

९ वैशाख, चितवन । स्थानीय निकाय २०७९ बैशाख ३० गते हुन गइरहेको चुनावमा फेरि पनि उम्मेदवारी दिने मनसायले चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको बुझिएको छ ।