Breaking News

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : भ्रष्टाचारमुक्त, छूवाछुत अन्त्य, स्वाथ्य पहिलो प्रथामिकता, हरेक पालिकामा एक पुस्ताकालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने अभियानका रुपमा चार बुँदे प्रतिवद्धता जनाएको छ । स्थानीयत तह निर्वाचन लक्षित घोषणापत्रमार्फत एकीकृत समाजवादीले उम्मेदवार बन्दादेखि विजयी भएर जनप्रतिनिधिको रुपमा काम गर्दासम्म आफ्ना प्रतिनिधिले गर्नु नहुने नगर्ने प्रतिवद्धता सार्वजनिक गरेको हो ।

भ्रष्टाचार समग्र अर्थतन्त्रको गंभीर रोग बनिसकेको भन्दै एकीकृत समाजवादीले नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका कृत संकल्पित रहेको उल्लेख गरेको छ । प्रतिवद्धताअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवारी दाखिला गरेकै दिन उमेदवारहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ ।

त्यसैगरी, जनप्रतिनिधि निर्वाचित व्यक्ति कार्यकालभर कुनै पनि व्यवसायीक संस्थाको कार्यकारी पदमा रहन पाउने छैन ।पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि डोजरको मालिक भएको भन्दै आलोचना भइरहेको बेला एकीकृत समाजवादीले आफ्ना जनजाप्रतिनिधि डोजर मालिक हुन नपाउने भनेको छ ।

आफ्नो पार्टीले जित्ने स्थानीय तहमा छुवाछुत तथा अन्य विभेदजन्य कार्यमा संलग्नलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाएको एकीकृत समाजवादीले जातिय विभेदविरुद्ध भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गर्ने तथा समूहिक चियापान कार्यक्रम आयोजना गर्ने भनेको छ ।

जातिय छुवाछुतरिुद्ध एकीकृत समाजवादीको घोषणापत्र

जातीय छुवाछुत मेटाउँ, मानव मर्यादा कायम गरौंः
हाम्रा जनप्रतिनिधिकको वर्चस्व भएका पालिकाहरुले जातीय छुवाछुतको भावना मेटाउनका लागि निम्नलिखित काम गर्ने छन् भने हाम्रो अल्पमत उपस्थित भएका स्थानमा यिनै विषयलाई जनताको मागको रुपमा अगाडि बढाइने छ–

(१) छुवाछुतको भावना राखी मानिसले मानिसलाई हेप्ने, अपमानित गर्ने कुरा हटाउनका लागि पालिकाहरुले ठोस योजना बनाउने छन् । मानिसलाई बोक्सो वा बोक्सी भन्ने आरोप लगाएर अपमानित गर्नेलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउन हाम्रा जनप्रतिनिधि अग्रभागमा खटिने छन् ।

उत्पीडित जातमा पारिएको समूहमा रहेका विविध क्षेत्रमा दक्षता राख्ने प्रतिभाशाली मानिसहरुलाई प्रोत्साहित र पुरस्कृत गर्ने अभियानका साथै सम्बन्धित भूगोलमा मनाइने विशेष चाडपर्वहरुमा सामूहिक चियापान कार्यक्रमको आयोजना गरिने छ ।

(२) दलित र गैर–दलितका बीचमा विवाह गर्ने जोडीलाई समाजमा स्थापित हुन र आफ्नै ठाउँमा सुरक्षित तरिकाले जिविकोपार्जन गर्न सक्ने बनाउनका लागि हाम्रो पार्टीको वर्चस्व भएका पालिकाहरुले विशेष योजना बनाउने छन् ।

(३) जातीय छुवाछुत मेटाउनका लागि ठोस योगदान गर्नेहरुलाई हाम्रो वर्चस्व रहेका पालिकाहरुले विशेष योजनाका साथ सम्मानित गर्ने छन् ।

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्रमार्फत ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ कार्यक्रम अघि सारेको छ ।

समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डोर्याउन पुस्तकालयको सहज पहुँच हुन आवश्यक रहेको भन्दै एकीकृत समाजवादीले ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ अभियान अघि सरेको हो ।

घोषणापत्रमा भनेको छ- ‘आम मानिसको जीविकाको संघर्ष, स्मार्ट फोन र इन्टरनेटले गर्दा मासिनहरुमा गहन अध्ययन गर्ने प्रवृति हराउँदै गएको छ । यसले गर्दा समाज आमरुपमा टापटिपे जानकारीका आधारमा धारणा बनाउने तहमा जाँदै गरेको डरलाग्दो अवस्था छ । हाम्रो समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डो¥याउनका लागि पुस्तकालयको सहज पहुँच हुन आवश्यक छ ।’

पुस्तकालय सम्बन्धी एकीकृत समाजवादीको घोषणापत्र-

हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालयः
भनिन्छ, असल पुस्तकले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्दछ । पुस्तकालयको नितान्त अभाव, कठोर र जटिल बन्दै गरेको आम मानिसको जीविकाको संघर्ष, स्मार्ट फोन र इन्टरनेटले गर्दा मासिनहरुमा गहन अध्ययन गर्ने प्रवृति हराउँदै गएको छ ।

यसले गर्दा समाज आमरुपमा टापटिपे जानकारीका आधारमा धारणा बनाउने तहमा जाँदै गरेको डरलाग्दो अवस्था छ । हाम्रो समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डोर्याउनका लागि पुस्तकालयको सहज पहुँच हुन आवश्यक
छ ।

विकास भनेको खेतियोग्य जमिन मासेर गिट्टिी–बालुवा छर्नु मात्र हैन, चेतनाको विकास नै भौतिक विकासको मूल माध्यम हो भन्ने स्थापित गर्नका लागि हाम्रा हरेक पालिकामा देश–विदेशका ख्याति प्राप्त लेखकहरुका पुस्तक उपलब्ध हुने पुस्तकालयको निर्माण आवश्यक छ ।

हाम्रा जनप्रतिनिधिको बाहुल्य भएका पालिकाहरुमा सुविधासम्पन्न पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले बहुमत स्थानमा विजय प्राप्त गर्न नसकेका पालिकाहरूमा हाम्रा प्रतिनिधिहरुले पुस्तकालय निर्माणका लागि दबाबकारी भूमिका खेल्ने छन् ।

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्रमार्फत ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ कार्यक्रम अघि सारेको छ ।

समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डोर्याउन पुस्तकालयको सहज पहुँच हुन आवश्यक रहेको भन्दै एकीकृत समाजवादीले ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ अभियान अघि सरेको हो ।

घोषणापत्रमा भनेको छ- ‘आम मानिसको जीविकाको संघर्ष, स्मार्ट फोन र इन्टरनेटले गर्दा मासिनहरुमा गहन अध्ययन गर्ने प्रवृति हराउँदै गएको छ । यसले गर्दा समाज आमरुपमा टापटिपे जानकारीका आधारमा धारणा बनाउने तहमा जाँदै गरेको डरलाग्दो अवस्था छ । हाम्रो समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डो¥याउनका लागि पुस्तकालयको सहज पहुँच हुन आवश्यक छ ।’