सत्तारुढ गठबन्धन दलको बैठकमा महानगरपालिका भागबण्डामा सहमति : पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन दलको आज बसेको बैठकले महानगरपालिका भागबण्डामा सहमति जुटाएको छ ।

आज दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी सहमती भएको र सहमतिको खाका मंगलबार साँझसम्म तयार बताइएको छ ।