Breaking News

पोखरा महानगरपालिका प्रमुख उम्मेदवारमा नेकपा एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस

कृष्णबहादुर कार्की

४ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि १३ जनाको नाम सिफारिस गरेकोछ ।

आज बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको नेकपा एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ । यस मध्यमा धनराज, श्रीनाथ बरालको अत्याधिक सम्भावना रहेको बुझिएको छ ।

त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ ।

लेखक : कृष्णबहादुर कार्की