४ बैशाख । बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गर्दै, गठबन्धन कै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा हुर्नेछ । त्यस्तै गठबन्धनका दलबीच तालमेल नभइ जित्न नसक्ने ठाउँमा तालमेलमै जोड दिनुपर्छ भन्ने छलफल भएको बुझिएको छ । चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएका छ ।
बैठकले रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी आज बैठक टुंगिएको छ । त्यस्तै अहिले केही बेरमा गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ ।