Breaking News

धादिङमा सत्तारुढ गठबन्धनका प्रमुख तीन दलहरू स्थानीय तह बाँडफाँडमा सहमति नजिक

४ वैशाख, काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनका प्रमुख तीन दलहरू स्थानीय तह बाँडफाँडमा सहमति नजिक पुगेका छन् ।

आज बिहान जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेताहरुका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको बताए । उनका अनुसार संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति भइसकेको छैन ।

बैठकमा जनता समाजवादी पार्टीका नेताहरू सहभागी नभएको बुझिएको छ । यस हिसावले जसपा धादिङमा सत्ता गठबन्धनबाट बाहिर गएको बुझ्न सकिन्छ ।

कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिने