Breaking News

एमाले पोखरा महानगर कमिटीले मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय

नेकपा एमाले पोखरा महानगर कमिटीले मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।

महानगर कमिटीको हिजो शुक्रबार बसेको बैठकले सबैको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

एमाले केन्द्रले महानगर कमिटीसँग मेयर र उपमेयरमा एक जना महिलासहित ३र३ जनाको नाम सिफारिस गर्न भनेको थियो।

महानगर कमिटीले उम्मेदवारको आकांक्षीको नाम संकलन गरेर लगातार छलफल गरे पनि सहमति नभएपछि शुक्रबार निर्वाचनको तयारी गरेको थियो। उम्मेदवार सिफारिस गर्न निर्वाचन प्रक्रिया अघि बढिसकेपछि एकाएक सबैको नाम सिफारिस गर्ने निर्णय भएको महानगर कमिटीका सदस्यहरुले बताएका छन्।

पोखरा महानगरको मेयर बन्न एमालेका १२ जना र उपमेयर बन्न ११ जना दाबेदार छन्।

मेयरमा केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, केन्द्रीय सदस्य मिना गुरूङ, भीम कार्की, व्यवसायी पुष्पज्योति ढु्गाना, पुष्पराज अधिकारी, प्रा।डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, दीपक पौडेल, दर्शन लामा, बालकृष्ण काउछा मगर र सावित्री भण्डारीले उम्मेदवार दाबी गरेका छन्।

यस्तै, उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ, बैनबहादुर क्षेत्री, जीवन प्रसाद आचार्य, टिकाराम पंगेनी, बामदेव ढु्ंगाना, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी, र सुष्मा पौडेलले उम्मेदवार दाबी गरेका छन्।

लेखक : कृष्णबहादुर कार्की