स्थानीय चुनावी तालमेलका विषयमा खुमलटारमा प्रचण्डको ब्रिफिङ

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । विहान ८ बजे आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’ यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ ।

स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ । बैठकमा ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भएको बुझिएको छ ।