दशैभरी थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

नेपालमा २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजै ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६१ हजार २७८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।