Breaking News

ओली बिहानैदेखि गठबन्धन गर्ने दलहरू यताउता खोज्दै

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले पनि चुनावका लागि अरू दलहरूसँग तालमेल गर्न थालेको बताएका छन्।

सत्तारूढ पाँचदलीय गठबन्धनसँग एमाले एक्लै भिड्ने अभिव्यक्ति दिँदै आए पनि एमालेले बुधबार राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको निर्णय गरेको थियो।

‘एमाले जसलाई भेट्छ त्यसलाई आफूसँग जोडिरहेको छ। हिजो कमल थापालाई आफ्नो पार्टीसँग लगेर जोड्यो। परिवार दललाई लगेर जोडे। अरू कुन(कुन दललाई ल्याउन सकिन्छ भनेर ओली बिहानैदेखि यता चहारेको उता चहारेको हामी देख्न सक्छौं,’ काठमाडौंमा आज बिहान आयोजित कार्यक्रममा थापाले भने।

आफू विभिन्न दलसँग गठबन्धन गरे पनि एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनलाई भने ुअपराधिु भन्ने गरेको थापाको भनाइ थियो।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसले सत्तारूढ पाँच दलसँग गठबन्धन गर्ने भएको छ भने एमालेले पनि राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने भएको छ।

महामन्त्री गगन थापा