Breaking News

नयाँ वर्ष २०७९ सालले मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस्

नयाँ वर्ष २०७९ सालको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने उनले कामना गरे ।

नयाँ वर्ष वि सं २०७९ सालको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेको स्मरण गराएका छन् ।

उनले भनेका छन्, ुसंघीयतालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ।

लोकतन्त्र र संविधानका विरुद्ध देखा परेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै जानुपर्नेमा प्रचण्डले जोड दिए । लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम९लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उनले बताए ।

अध्यक्ष प्रचण्ड