आजबाट उपत्यका बाहिर जान नपाइने, लकडाउन थप कडा

१५ वैशाख, काठमाडौं । आजबाट थप १० दिनका लागि तोकिएको लकडाउन बैशाख २५ सम्म लम्बाइएको लकडाउनलाई थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । आज सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो । फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो । अब आजबाट उपत्यका बाहिर जान पाउने छैनन् ।