३० चैत, काठमाडौं । स्थानीय चुनाव नजिकिदै छ । दलहरु चुनावी मैदानम दौडिरहेका छन् । प्रमुख प्रतिपक्ष दल साना दललाई हातमा लिएर मोर्चा बनाइरहेको छ भने सत्तारुढ पाँच दल पनि चुनावी तालमेल बारे मापदण्डको रणनीति बनाउँदै छन् । यसै क्रममा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।
सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।
समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए । ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ त्यसैले ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो ।’
काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ । अन्यत्र दावी गरेका छैनौं, शक्ति भएको काठमाडौं र पोखरा दावी गरेका छौं । जहाँ पाए पनि जित्छौं ।