Breaking News

राप्रपा नेपालले एमालेको सुर्य चिन्हबाट चुनाव लड्ने

नेकपा एमाले र राप्रपा नेपालबीच चुनावमा उम्मेदवार बारे सहमति भएको छ । आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपालक उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको छ । आज भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको हो ।

राप्रपाको तर्फबाट उम्मेदवार हुनेहरु निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने छन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् ।

सहमतिअनुसार देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाइनेछ । यस्तै राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारहरूलाई सघाउनेछ भने राप्रपा नेपालका उम्मेदवारहरू भएको ठाउँमा एमालेले उम्मेदवार नउठाइ सहयोग गर्नेछ ।

एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफनो पार्टी केन्द्रमा पठाउने गरी सहमति भएको श्रेष्ठले जानकारी दिए । केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमतिमा भनिएको छ ।

सहमतिपत्रमा एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री श्रेष्ठले हस्ताक्षर गरेका छन् ।