स्थानीय निर्वाचनका सन्दर्भमा छलफल र गठबन्धनमा तालमेल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज साँझ ४ बजे बैठक बस्न लागेको हो ।
गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल हुनेछ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्ने बुझिएको छ । हिजो बसेको गठबन्धनका शीर्ष नेताहरूले संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।