२९ चैत, काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले हिजो अर्थमन्त्रालयमै गरेको पत्रकार सम्मेलनमा भनेका थिए, देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री शर्माले वृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए ।
गएको आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंका हुने र सरकारले वृद्धभत्तासमेत दिन नसक्ने आउने दाबी गरेका थिए ।
अर्थमन्त्री शर्माले ओलीको नाम नलिई भने, ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने ‘। भन्न सकिन्छ । तर चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेका छौं, जुन दिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं ।
तर अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भने, ‘यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ रु अचम्म लाग्छ ।’