कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा

अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको उक्त कार्यालयले जनाएको छ ।

कर्णालीका अन्य जिल्लामा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यलय प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने र बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ ।

यस्तै कर्णाली प्रदेशमा १० निर्वाचन अधिकृत फेरिएका छन् । यसअघिका निर्वाचन अधिकृतलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएकामा सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाइएको हो ।