किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कुटनीतिज्ञ जोसेप बोरेलले विश्वास व्यक्त गरे ।
युक्रेनमा रुसले २४ फेब्रुअरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए । रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।
यसैबीच, युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा ठूलो क्षति बेहोरेको मस्कोले स्वीकार गरेको छ।