Breaking News

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । प्रधानन्त्री देउवाले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।