Breaking News

बालबालिकालाई टाइफाइडविरुद्धको खोप आजबाट काठमाण्डौंको दरबार हाईस्कुलबाट सुरु

बालबालिकालाई दिइन लागिएको टाइफाइडविरुद्धको खोप आजबाट काठमाण्डौंको दरबार हाईस्कुलबाट सुरु गरिएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर शुभराम्भ गरेकाछन् ।​ सरकारले सबै बालबालिकाहह्रुलाई विद्यालयका विद्यार्थीहरुलानीई खोप अनिवार्य भनेको छ ।

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।