सुनको भाउ दिनहुँ तलमाथि हुने क्रममा आज पाँच सय रुपैयाँले बढेर तोलामा ९८ हजार पाँचमा किनबेच

सुनको भाउ दिनहुँ तलमाथि हुने क्रममा आज बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। हिजो बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।