चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आज साँझ नेपाल फर्केका छन् ।
विहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन् ।
भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए ।