Breaking News

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुँदै

१९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हिजो सांझ भारत भ्रमणमा गएका छन् । हिजो भारत पुगेर नेपाली राजदूतावासले गरेको सात्री भोजमा सरिक भए भने आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर शुक्रबार भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा भोलि आइतबार बनारस भ्रमण सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।