Breaking News

सत्ता गठबन्धन दलबीच तीन घन्टा लामो छलफल : स्थानीय चुनावमा तालमेल, प्रधानमन्त्रीको भारत भ्रमण र प्रदेश सरकार फेरबदेल सम्म

पाँच दलीय सत्ता गठबन्धनबीच लामो समयपछि आज छलफल भएको छ । स्थानीय तह निर्वाचनमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच तीन घण्टा छलफल भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मुख्यत पाँच विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमत भएको छ ।
यसका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको छ ।

तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि तालमेलबारे थप निर्णय हुने उनको भनाइ छ । गठबन्धनले तीन तहको संयन्त्र बनाएर चैत २२ गतेसम्म केन्द्रमा रिपोर्ट पेस गर्न भनेको छ ।

त्यस्तै बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको छ । यसबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्कीबाट फर्किएपछि विस्तृतमा छलफल हुने बताइएको छ ।