बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, लगत्तै सत्तारुढ गठबन्धनको बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । अहिले विहान ८ः३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय नियुक्त लिने बुझिएको छ । प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा निस्किँदै छन् ।