नेपाली काँग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् । नेता कोइरालाले कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे, ‘सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’