Breaking News

नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्दै आजै स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने

सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा सत्तारुढ दलसँग तालमेलका लागि सैद्धान्तिक निर्णय लिने आज बैठकले गर्ने भएको छ । आज विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने बुझिएको छ ।

आजको बैठकले मोडालिटीबारे पछि टुंगो लगाउने छ । जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ ।

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।

सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।