आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ

सुनको भाउले आकासिने क्रम बढेसँगै दिनप्रतिदिन सुन बढ्ने क्रममा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यो हिजो बुधबारको तुलनामा ११ सय रुपैयाँले बढी हो ।

सुनको मूल्य बढेसँगै चाँदीको बिक्री मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार यसको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।