९ चैत, काठमाडौं । काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।
घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।
एसएसपी कुँवरका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । खुकुरी प्रहार गर्नेहरु एक वर्कसपको मोटरसाइकल लिएर आक्रमण गर्न आएको पाइएको उनको भनाइ छ ।