७ चैत, काठमाडौं । समाजवादी जनता पार्टी भोलि एमालेमा समाहित हुँदै । सो पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहका अनुसार भोलि १ बजे एमाले पार्टी कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी जनता पार्टी पार्टीलाई एमालेमा समायोजन गर्दै पार्टी अध्ययक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गर्न लाग्नु भएको हो ।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने समाजवादी पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहले कदरन्यूजलाई बताउनु भएको छ ।
अध्यक्ष सिंहले बताउनु भएअनुसार समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको बताउनुभयो ।
नेता सिंहको राजनीतिक पृष्टभूमि एमाले कै पृष्टभूमिबाट आएको तर पछि एमालेबाट बिद्रोह गरेर आफ्नो नेतृत्वमा समाजवादी जनता पार्टी निर्माण गरी सो पार्टीको अध्यक्ष हुँदै पार्टीको नेतृत्व गर्दै पटक-पटक मन्त्री समेत बन्नु भएको
थियो ।
समाजवादी जनता पार्टी हाँक्दा समेत सिहंले राजनीतिक तथा समाजिक हिसावले जनताको पक्षमा संसद,सडक र घरदैलोमा गएर हरदिन जनताको सेवा गरिरहनु भएको थियो । कर्णालीको मात्र नभएर समग्र एमालेको राजनीतिक संगठन निर्माण गर्नमा एमालेमा नेता सिंहको ठूलो योगदान छ ।
कर्णाली एमालेमा राजनीतिक लिडरको आवश्यकता खड्किएको बेला पूर्व मन्त्री सिह पुन: एमाले मा नै फर्कन लाग्नु लागेकाले कर्णाली प्रदेशको र एमाले भित्रको संगठनलाई अझै मझबुद र बलियो बन्ने पक्कै नै छ ।
एमालेले प्रेमबहादुर सिहंजस्तो नेता तथा राजनीतिककर्मी अबका दिनमा पाउने भएकाले एमाले जनलाई मात्र नभएर समग्र कर्णालीबासी जनतालाई अबका दिनमा राजनीतिक रुपमा मात्र नभएर अन्य समग्र हिसावले विकास र निकासको प्रभाव निस्कने होकी भन्न पनि सकिन्छ ।
नेता सिंहको पुन: एमाले आगमन हुन लागेकाले भोलिका दिनमा फेरि पनि एक सक्षम र असल कर्णााली हाँक्न सक्ने जनताको प्रतिनिधि पाउन सक्ने पनि बुझ्न सकिन्छ ।