दिउसो २ बजे मन्त्रीपरिषद्को बैठक बस्दै लकडाउन नयाँ मोडालिटीमा हुने

१४ वैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आइतबार अपरान्ह दुई बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजे बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले बताएको छ । श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान गरिएको पनि छ ।
हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो । त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो ।