नाबालीका किशोरीलाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा राखेर अनुसन्धान र बयान चलिरहेको अवस्थामा अभियुक्त नायक तथा अभिनेता पल शाहले नाबालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका
हुन् ।
पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेकोु उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, म र पीडितबीच प्रेम सम्बन्ध थिएन।