Breaking News

आज पहाडी मुलुकका समुदायको होली पर्व : काठकाण्डौ उपत्यकामा ट्राफिक जाँच कडाई

३ चैत, काठमाडौं । आज पहाडी मुलुकका समुदायको होलीको पर्व । आज काठमाण्डौ लगायत पहाडी मुलुकका समुदायले रंगको पर्व होली खेलिरहेका छन् । तर पहिलाको जस्तो त्यति उल्लासम नभए पनि तर होलीलाई रंगको रुपमा मात्र नभएर पानी, लोला प्रहार गरेर मनाउन गरिन्छ । यसैको मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

होलीलाई मर्यादित र दुर्घटना रहित बनाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानमा चेकिङ गरेको छ । ट्राफिक प्रहरीहरुले मोटरसाइकल र स्कुटर चालकलाई बढी निगरानी गरेको देखिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीहरुले सवारी चालकले मापसे गरेरनगरेको र गाडीका कागजपत्र बोकेरनबोकेको जाँच गरिरहेका छन् ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको महाशाखाले बताएको छ ।