स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत सिट जित्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा हुने स्थानीय तहको चुनावमा एक्लै लड्ने बताएका छन्।

उनले एमालेलाई गठबन्धनको आवश्यकता नपर्ने बताए।

अखिल नेपाल महिला संघले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत सिट जितिने बताए।

‘यसको वैशाखी टेक्नुपर्छ भन्ने छैन, ढोडको लौरी टेक्ने होइन, हामी एक्लै चुनाव लड्न र जित्न सक्छौं,’ ओलीले भने, ‘६० देखि ७० प्रतिशत स्थानीय तह एमाले एक्लै जित्न सक्छ।’

उनले यति जित्नका लागि कसैसँग पनि तालमेल गर्नु नपर्ने बताए। ‘कांग्रेस र सबैलाई मिलाएर सर्वसम्मत होऔं भन्ने त्यो कुरा पनि हुन्छरु,’ उनले भने, ‘प्रतिस्पर्धात्मक व्यवस्था रोजेकोले केही ठाउँमा हामी हार्न सक्छौं।’

‘कम्युनिष्ट एकता बेकारको तमासा हो। कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेरु,’ उनले भने, ‘यस्ता पनि कम्युनिष्टरु यहाँ के कम्युनिष्ट के कांग्रेस( दुइटा राजनीति छ, प्रतिगमनकारी र कम्युनिष्ट विरोधी शक्ति।