गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ अहिले बजारमा आएको छ । जो गीतले तरंग ल्याएको छ।
हिजो शुक्रबारबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो।
गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्।
गीतमा सपुतले माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको र रोजीरोटीका लागि विदेशीनु परेको र सत्तामा पुगेकाले विगतको अवस्थालाई भुलेर सयन र सत्ताभोगी भएको जस्ता कथा भिडिओमा देखाउन खोजिएक छन् ।
गीत सार्वजनिक भएपछि सामाजिक सन्जालमा विरोध र सपोर्टका आवाज देखिन थालेका छन् । कोहीले रामो पक्ष भनेर सर्पोट गरेका छन् भने कोहीले केहीले एकतर्फी मात्र समेटर कथा भएकाले विरोध गरेका छन्।
कथामा माओवादी द्धन्द्धको बेला भएको अवस्थालाई समेटेर बनाएको भए पनि अहिले माओवादी नेतृत्व र अरु टाठाबाठाह सत्तामा पुगेर सुखसयल गरेको तर सामान्य कार्यकर्ताको हालत उस्तै र झन नाजुक भएको समेटेर कथा बनाउन खोजेको छ । यस भिडियोलाई केहीले बिरोध गरेका छन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।
भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।
भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्। आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्। गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ।
गीतको भिडिओको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका हुन्।
https://www.youtube.com/watch?v=Gep3jLq32OI