भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता

सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा आज तीन जना बालबालिका बेपत्ता भएका छन्।

सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।

आज साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिप्रका सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।